२८ आश्विन २०८३, बुधबार

नेपाल वायुसेवा निगममा कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह हो : योगेश भट्टराई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गर्नुभएको छ ।

आज शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद भट्टराईले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना पर्ने नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन् ।

उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताएका छन् । ‘नेपाल वायुसेवा निगम हिमाल सिमेन्ट कारखाना जस्तो बन्न पुगेको छ । कारखानाका कर्मचारीहरु अहिले पनि तलव भत्ता माग गर्दै सडकमा हिँडिराख्नुभएको छ । यदि नेपाल वायुसेवा निगमलाई संरचनागत हिसाबले सुधार नगर्ने हो भने यसको हालत त्यही हुन्छ,’ उनले भने ।

निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेको सांसद भट्टराईको भनाइ छ । तीन हजार जना कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको उनले बताएका छन् ।

नेपालका निजी कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय जना मात्रै रहेको भन्दै उनले वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी रहेको बताए ।