२९ आश्विन २०८३, बिहिबार

जेएमसीको भिग्स प्लस पिकअपमा आकर्षक फाइनान्स सुविधा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । छोटो समयमै नेपाली बजारमा राम्रो प्रभाव पार्न सफल ब्राण्ड जेएमसीले भिग्स प्लस नामक आफ्नो पिकअप गाडी खरिदकर्ताका लागि आकर्षक फाइनान्स अफर ल्याएको छ ।

अफरअन्तर्गत खरिदकर्ताहरुले ७५ प्रतिशत फाइनान्समा भिग्स प्लस गाडीलाई आफ्नो बनाउन सक्नेछन् । खरिदकर्ता कै सहजताका लागि भनेर अफर अन्तर्गत २४ घण्टा भित्र डेलिभरी, आकर्षक नगद छुट र सहज एक्सचेन्जका साथ हरेक टेस्ट ड्राइभमा उपहार समेत दिदै आएको कम्पनीले जनाएको छ ।

साथै, सोरुम नधाइकन टेस्ट ड्राइभ गर्न चाहनेका लागि भनेर जेएमसिले डुवरस्टेप सुविधा पनि लिएर आएको छ जसमा जेएमसिका कर्मचारीहरु गाडी लिएर टेस्ट ड्राइभ गर्न इच्छुक खरिदकर्ताको घरै सम्म पुग्नेछन् ।

नेपालमा शंकर ग्रुपको मातहतमा रहेको शौर्य ग्रुप आधिकारिक विक्रेता रहेको जेएमसि एक चाइनिस सवारी साधन कम्पनी हो । फो व्हिल डाइभ भएको भिग्स प्लस मोडलको पिकअप जस्ता अत्याधुनिक र गुणस्तरका गाडी उत्पादन गर्ने जेएमसिले चीनको बजारमा बलियो प्रवाभ पार्न सफल बनिसकेको कम्पनीको दाबी छ ।

चीनमा जेएमसिका ट्राभलर भ्यान र कार्गो ट्रकलगायत अन्य अरु सवारी साधन पनि उपलब्ध रहेका छन् । चिनियाँ बजारको अपार सफलतापछि नेपाल भित्रिएको जेएमसीले आगामी दिनमा नेपालभित्र अन्य अरु मोडलका गाडीहरू पनि भित्राउने योजना राखेको छ ।