२९ आश्विन २०८३, बिहिबार

वेस्ट इन्डिजबाट नेपालले पायो ३४० रनको चुनौतीपूर्ण लक्ष्य

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । आईसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत आज भइरहेको खेलमा वेस्ट इन्डिजले नेपाललाई ३४० रनको चुनौतीपूर्ण विजयी लक्ष्य दिएको छ ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनायो ।

यो नेपालविरुद्ध विपक्षी टोलीले बनाएको ओडीआईमा उच्च योगफल हो । यसअघि आईसीसी विश्वकप लिग–२ मा केहि महिनाअघि युएईले नेपालविरुद्ध ३१० रन बनाएको थियो ।