२८ आश्विन २०८३, बुधबार

जनताले परिवर्तन खोजेका रहेछन्, पहिलो वर्ष अभूतपूर्व साथ पायौँ : रास्वपा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापनाको पहिलो वर्षमा जनताको अभूतपूर्व साथ पाएको र सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।

पहिलो पार्टी स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रास्वपा सभापति रवि लामिछानेले समाजले परिवर्तन खोजेको भन्ने संकेत मतपत्रबाट नै जायर भएको भन्दै पहिलो वर्षमा जनताको अभूतपूर्व साथ पाएको र सकारात्मक रहेको बताएका हुन् ।

उनले संगठन विस्तारका धेरै काम बाँकी रहेकाले प्राथमिकताका आधारमा पार्टीलाई विधानसम्मत रुपमा अघि बढाउने प्रतिवद्धता जनाए । उनले दलहरुका लागि मोर्चा नयाँ भए पनि आफूहरुका लागि दलहरुको मार्चा नयाँ नभएको भन्दै घोषित अघोषित मोर्चाहरुलाई तोड्दै उपनिर्वाचनमा नयाँ रेकर्ड नै कायम गरेको जिकिर गरे ।

उनले नेपाली जनताको पक्षमा मोर्चा गरे आफूहरू पनि आउन तयार बताए । उनले नेपालको राष्ट्रिय अखण्डताका विषयमा सरकारले कुटनीतिक माध्यमबाटै छिमेकी राष्ट्रसँग वार्ता र संवाद गर्नुपर्ने बताए ।

सो अवसरमा सभापति लामिछानेले बैंकर अनिल केशरी शाहलाई पार्टीमा स्वागत गर्दै प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको जानकारी दिएका छन् । रास्वपा प्रवेश गरेपछि शाहले नेतृत्व विकासका राजनीतिमा आएको बताएका छन् ।