१ कार्तिक २०८३, आइतबार

‘परस्त्री’ लाई सेन्सर बोर्डले किन दिएन प्रदर्शनको अनुमति ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । नेपाली चलचित्र ‘परस्त्री’ लाई सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिन अस्वीकार गरेको छ ।

चलचित्रमा अश्लिल दृश्य राखिएको भन्दै सेन्सर बोर्डले जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो। यो चलचित्र नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन गर्ने तयारी छ ।

चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले अनुमति दिन अस्वीकार गरेको हो । असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’लाई सो दृश्य हटाउन निर्देशन दिईएको छ ।

चुम्बन र बेडसिनप्रति आपत्ति जनाउँदै सेन्सर बोर्डले त्यसलाई सच्चाउन र केही दृश्यहरु ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ।