
काठमाडौं, ६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालबाट नै सबैभन्दा पहिले योग दिवस मनाउन थालिएको बताएका छन् ।
आजभन्दा झण्डै ३६ वर्ष अगाडिदेखि नै नेपालमा योग दिवस मनाउन प्रारम्भ भएको बताउँदै उनले नेपालका विद्वान, ऋषिमुनीहरूमा योगको आनुवांशिक गुण रहेको धारणा राखे ।
अन्तर्राष्ट्रिय योग दिवसको प्रारम्भ २०१४ मा भएको स्मरण गर्दै उनले भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि मोदीले संयुक्त राष्ट्रसंघमा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउन प्रस्ताव लगेका र सो प्रस्तावलाई संयुक्त राष्ट्र संघले पारित गरेको बताए ।
ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा अत्यन्तै भव्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय योग दिवस बालुवाटारमा मनाएको बताउँदै सरकारीस्तरबाटै नयाँ प्रचलन चलाउन खोजेको बताए ।















प्रतिक्रिया