
काठमाडौं, ६ असार । काठमाडौं महागनगरपालिका मेयर बालेन साहका शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन्।
उनले बुधबार सामाजिक सञ्जालमाफर्त पदबाट राजीनामा दिएको बताएकी हुन् । उनले मेयर बालेनले क्षेत्राधिकार भन्दा बाहिर गएर काम गरेको भन्दै पदबाट राजीनामा दिएको बताएकी छिन् । उनले बालेनको कुन काम मन परेन भनेर भने उल्लेख गरेकी छैनन् ।
को हुन् रेशु अर्याल ?
उनी चलचित्र निर्माता, निर्देशक तथा सिनेमा हल क्यूएफएक्स चेनका सञ्चालक भाष्कर ढुंगानाकी श्रीमती हुन् । स्रोतका अनुसार बालेनले काठमाडौं महानगरपालिकामा हिन्दी फिल्मको प्रदर्शन रोकेपछि उनका श्रीमान श्रीमान भाष्करसहित उनले पनि असन्तुष्टि जनाएकी थिइन् । जसले गर्दा उनले राजीनामा दिएकी हुन् ।
उनले चलचित्रको प्रदर्शनी रोक्नु महानगरपालिकाको क्षेत्राधिकारभित्र नपर्ने दाबी गर्दै आएकी छिन् । उनले राजीनामा दिनुको अन्य जे जति कारण बताए पनि मुख्य कारण भने हिन्दी फिल्म बन्द हुनु नै भएको स्रोत बताउँछ ।
बालेनले केही दिनअघि दक्षिण भारतीय चलचित्र आदिपुरूषको संवादप्रति आपत्ति जनाउँदै महानगरपालिकामा सबै हिन्दी फिल्म प्रदर्शनी राक्ने निर्णय गरेका थिए ।
बालेनको निर्णयपछि अहिले आदिपुरूषको प्रदर्शनी देशैभर रोकिएको छ ।















प्रतिक्रिया