
काठमाडौं, ६ असार । आफूमाथि सांघातिक हमला गर्नेविरूद्वको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्व त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत पुगेका छन् ।
उनी रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । निवेदन दर्ता हुन भने बाँकी छ ।
सरकारको निर्णयविरूद्व उनी रिट लिएर सर्वोच्च पुगेका हुन् । २०७७ साल असोज २० गते नेपाल विद्यार्थी संघका त्रिवि इकाइ समितिका तत्कालीन सभापति हरि आचार्य, महासचिव योगेन्द्र रावललगायतले आचार्यमाथि आक्रमण गरेका थिए ।
उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर भएको थियो।
तर, उनीहरू विरूद्वको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको थियो ।















प्रतिक्रिया