५ कार्तिक २०८३, बिहिबार

पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो: चिनियाँ राजदूत सिन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । नेपालका लागि चिनियाँ राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत रहेको बताएका छन् ।

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सोङले विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका हुन् ।

नेपालले बीआरआईअन्तर्गत कुनै पनि परियोजनामा सम्झौता नभएको दाबी गर्दै आएको छ भने चीनले भने विमानस्थल बिआरआइ अन्तर्गत भएको दाबी गरेको हो ।

यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले पनि वक्तव्य जारी गर्दै पोखरा विमानस्थल बीआरआईअन्तर्गत रहेको दाबी गरेको थियो ।