
काठमाडौं, ६ असार । मंगलबार बझाङमा सवारी दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई धनगढीस्थित रंगशालामा राखेर श्रद्धाञ्जली अर्पण गरिएको छ ।
सिंहलाई विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
वुधबार धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
उनको शव अन्त्येष्टिका लागि हेलिकप्टरमार्फत बझाङ लैजाने तयारी भइरहेको छ ।















प्रतिक्रिया