बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

प्रवासी नेपाली मञ्च मलेसियाको दोस्रो अघिवेशनको तयारी तीव्र, वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने

दैनिक नेपाल २०८० असार ६ गते १०:५७

मलेसिया, ६ असार । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको दोस्रो अधिवेशन यहि जुन २५ तारिख (असार १० गते) आइतबार हुने भएको छ ।

मलेसियाको होटल ग्रेण्ड कण्टिनेन्टल, क्वालालम्पुरमा हुने दोस्रो अधिवेशनको तयारी तीव्र रुपमा भइरहेको आयोजक कमिटीको सह-संयोजक दयाराम कुमालले जानकारी दिए । उनका अनुसार अधिवेशनलाई एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने गर्नेछन् ।

अधिवेशनमा एमाले केन्द्रीय सदस्य तथा विदेश विभाग उप-प्रमुख कृष्णबहादुर केसी, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ लगाएतका नेताहरूको उपस्थिति रहने कुमालले बताए ।

यसैगरी, कार्यक्रममा चर्चित नेपाली राष्ट्रिय कलाकारहरु गायक बद्री पंगेनी, गायिका पूर्णकला बिसी, मोडल तथा डान्सर करिश्मा ढकाल र गायक राजेश बर्देवा सहित मलेसियामा रहेका स्थानीय नेपाली कलाकारहरुले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।

कार्यक्रममा जोहोरबारु र पेनाङ राज्यबाट सहभागी हुन आउने-जाने नेपाली श्रमिकहरुको लागि नि:शुल्क यातायातको व्यवस्था समेत गरिएको अधिवेशन मुल आयोजक कमिटीका संयोजक शेर बहादुर गुरुङले बताए । उक्त कार्यक्रममा निःशुल्क रुपमा सहभागी भएर मनोरञ्जन लिनलाई आयोजक कमिटीका संयोजक गुरुङले मलेसियामा बसोबास गर्ने नेपाली जनसमुदायमा अनुरोध गरेका छन् ।

साथै सोही दिन एमाले पार्टीप्रति आस्था राख्ने जो कोही नेपाली श्रमिकहरु पनि स्वैच्छिक रुपमा प्रवासी नेपाली मञ्चमार्फत पार्टी र संगठनमा जोडिन सकिने संयोजक गुरुङको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित