
काठमाडौं, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ।
बुधबार बिहान चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सको जहाज पोखरामा सफल अवतरण भएको हो ।
चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सोही जहाजबाट स्वदेश फर्किएका छन् ।
जहाजमा अध्यक्ष तिमिल्सिनाको टीमसहित १३० जना यात्रु पोखरा आएका थिए ।

















प्रतिक्रिया