
काठमाडौं, ६ असार । जापानमा अध्ययनका लागि गएका एक नेपाली विद्यार्थी मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा रूकुमका ३४ वर्षीय अमृत बुढा रहेका छन् । उनी चुकुवा सिटी कानामेमा बस्दै आएका थिए । अध्ययन पूरा गरेर काम गरिरहेका बुढा कोठामै मृत फेला परेका हुन् ।
केही दिनदेखि उनी काम गर्न नगएपछि कम्पनीले उनको खोजी सुरू गरेको थियो । प्रहरीको सहयोगमा उनको कोठा खोल्दा उनको शव कुहिएको अवस्थामा भेटिएको हो ।
उनको भोलि जापानमै अन्त्येष्टि गर्ने तयारी गरिएको छ । मृत्युको कारण खुल्न बाँकी छ ।















प्रतिक्रिया