२८ आश्विन २०८३, बुधबार

आयल निगमले घटायो हवाई इन्धनको मूल्य

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको आज मंगलबार बसेको बैठकका निर्णय अनुसार आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति कलिोलिटर अमेरिकी डलर २०० घटाएको हो ।

समायोजनपछि आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १५० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर एक हजार १५० कायम भएको हो । नेपाली रुपैयाँ अनुसार अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २६ रुपैयाँले घटेको र १५१ रुपैयाँ कायम भएको निमगले जनाएको छ ।

समायोजन भएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने छ । अन्य इन्धनको मूल्य भने यथावत रहेको छ ।