बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS: दुर्घटनामा मन्त्रीसहित तीन जनाको मृत्यु, तीन जनालाई जनही चार अर्ब बढीको जरिवाना

दैनिक नेपाल २०८० असार ५ गते २२:२५

काठमाडौं, ५ असार । बझाङमा सवारी दुर्घटनमा परेर गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

उनको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा निधन भएको हो । मन्त्री सिंहको मंगलबार साँझ ५ बजेर ३३ मिनेटमा मृत्यु भएको हो ।

दिउँसो मन्त्री सवार सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटना भएको थियो । मन्त्रीकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको भने घटनास्थलमै मृत्यु भएको थियो ।

जिप चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीको निजी सुरक्षा अधिकृत (पिएसओ) को नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

हेरौँ मंगलबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित