
दाङ, ५ असार । नेकपा एमालेकी सचिव पद्मा अर्यालले वर्तमान गठबन्धन सरकार वैदेशिक हस्तक्षेपप्रति मूकदर्शक बनेको बताएकी छिन् ।
नेकपा एमाले दाङको बैठकलाई आज मंगलबार घोराहीमा सम्बोधन गर्दै सचिव अर्यालले भारतले जारी गरेको लुम्बिनीसहितको नक्साका विषयमा भ्रमणका बेला प्रधानमन्त्री मौन रहनु शंकास्पद रहेको बताएकी हुन् ।
लुम्बिनी प्रदेशकी इञ्चार्ज समेत रहेकी सचिव अर्यालले राष्ट्रियताको रक्षक एमाले मात्रै रहेको भन्दै जनताका समस्या उठान र समाधानमा अग्रसरता लिन आफ्ना नेता तथा कार्यकर्तालाई आग्र गरिन् ।
नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षतामा भएको बैठकका अतिथिहरूले हिजो सोमबार गठन भएको समाजवादी मोर्चा सत्ता लम्ब्याउने खेल मात्र रहेको टिप्पणी गरे ।
बैठकले मिसन ग्रासरुटको कार्य प्रगति, केन्द्र र प्रदेश कमिटीको अपानि प्रस्तुत र नेताहरुको कार्य विभाजन गरेको जिल्ला सचिवालय सदस्य भिमकान्त बस्याल ‘संगीत’ले जानकारी दिए ।
वैठकमा पोलिट्ब्युरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्य एवम् दाङ ईञ्चार्ज चेतनारायण आचार्य, केन्द्रीय सदस्य भागवत विश्वासी, अनुशासन आयोयका सदस्य छविलाल ओलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।













प्रतिक्रिया