
काठमाडौं, ५ असार । आईसीसी विश्वकप क्रिकेट छनोट खेलअन्तर्गत आज भएको प्रतिस्पर्धामा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।
जिम्बावेको हिरारेस्थित ताकसिङ्गा स्पोर्टस क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर पूरा गर्दै २११ रन बनाएर जित निकालेको हो ।
त्यसअघि अमेरिकाले निर्धारित ५० ओभरमा ४९ ओभरको समाप्तिमा अलआउट हुँदै २०७ रन बनाएको थियो ।
यो जितसँगै नेपालले पहिलो जितका साथ शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।













प्रतिक्रिया