२८ आश्विन २०८३, बुधबार

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण तीन निर्णय

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । सरकारले नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मोमा सीमा चिह्न पुनर्स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चीन सिमानाको तातोपानी झ्याङ्मोस्थित सीमा चिह्न स्तम्भ ५३ (१)लाई यथास्थानमा संयुक्त रुपमा पुनर्स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यस्तै, बैठकले धुमुर्स सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुननिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय गरेको छ ।

यसैगरी, बैठकले पूर्वी क्षेत्रमा बाढी र पहिरोपछि बेपत्ताको खोजी, राहत र पुनर्स्थापनाको कामलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको छ ।