५ कार्तिक २०८३, बिहिबार

रहेनन् दुर्घटनामा परेका कानून मन्त्री सिंह

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । बझाङमा सवारी दुर्घटनमा परेर गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

उनको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा निधन भएको हो । मन्त्री सिंहको मंगलबार साँझ ५ बजेर ३३ मिनेटमा मृत्यु भएको हो ।

दिउँसो मन्त्री सवार सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटना भएको थियो । मन्त्रीकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको भने घटनास्थलमै मृत्यु भएको थियो ।

जिप चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीको निजी सुरक्षा अधिकृत ९पिएसओ०को नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।