
काठमाडौं, ५ असार । तत्कालीन कर पछ्र्यौट आयोगका महानिर्देशक चुडामणि शर्मासहित तीन जनालाई विशेष अदालतले जनही चार अर्ब बढी जरिवाना र नौ वर्ष बढी जेल सजाय सुनाएको छ ।
शर्मासहित उमेशप्रसाद ढकाल र लम्बध्वज महतलाई अदालतले सजाय सुनाएको हो ।
तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो सहित ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना सुनाइएको हो ।
यस्तै, शर्मा र ढकाललाई ९ वर्ष साथै लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाइएको छ ।















प्रतिक्रिया