२८ आश्विन २०८३, बुधबार

पर्यटक बिरामी पार्नेलाई कारबाही गर्न एमाले सांसद सुनिता बरालको माग

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । नेकपा एमालेकी सांसद सुनिता बरालले पदयात्राका क्रममा विदेशी पर्यटकको हेलिकोप्टरमार्फत ‘फेक रेस्क्यु’ का नाममा भइरहेको ठगी रोक्न माग गरेकी छिन् ।

आज मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नक्क्ली बिरामी बनाएर फेक रेस्क्यु गर्ने पद्धतिले नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिएको बताउँदै उनले संलग्नहरूलाई कारबाही गर्न माग गरेकी हुन् ।

पर्यटन व्यवसायीले अखाद्य वस्तु खुवाएर पर्यटक बिरामी बनाउने र उद्धारका नाममा ठगी गर्ने गरेको उनको भनाइ थियो । उनले भनिन्, ‘विदेशी पर्यटकहरु पर्यटकहरु ट्रेकिङ जाँदा विभिन्न बहानामा अखाद्य पदार्थ मुसाको लिंड आदि खुवाएर बिरामी बनाई पदयात्रा चलाउने कम्पनीको मालिक र गाइडले सेटिङ गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याई दशौं हजार डलर अर्थात् लाग्ने भन्दा ३/४ गुणा बढी रकÞम असुल गर्ने क्रम चल्यो ।’

बीबीसी र रोयर्टजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाले नेपालमा विदेशी पर्यकटलाई उद्धारका नाममा गरिने ठगीबारे सचेत गराएपछि विदेशी बीमा कम्पनीले प्रतिनिधि नै पठाएर सरकारको ध्यानाकर्षण गराएको स्मरण उनले गरिन् । ठगीबारे अध्ययन गर्न तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा छानबिन समिति गठन गरेको र समितिले २१ कम्पनीमाथि छानबिनको दायरामा ल्याउन सिफारिस गरेकामा हालसम्म कारबाही नभएकामा बरालले सरकारको ध्यानाकर्षण गराइन् ।

हाल बीमा कम्पनीले कडाई गरेर भुक्तानी रोकेपछि स्वाकन हस्पिटल, एरा होमलगायत अनाधिकृत हस्पिटल सञ्चालन गरी पर्यटक बिरामी बनाई ठगी गरिरहेको आरोप बरालले लगाइन् । ‘अहिले विदेशस्थित १४ वटा इन्स्योरेन्स कम्पनीले मोर्चा बनाई कडाइको साथ बिल हेर्ने सरकारलाई झझक्याउने कार्य गरेको तर सरकार कानमा तेल हालेर बसेको छ’, उनले भनिन्, ‘यसले नेपालको पर्यटन क्षेत्र विकृत र अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम हुन पगेकाले तुरुन्त छानबिन गरी कारबाही अगाडि बढाइयोस् ।’