
काठमाडौं, ५ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेट पुस्तीकामा प्रदेशको नामाङ्करणमा भएको त्रुटीलाई सच्चाउन निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा प्रदेशको नाम नखुलेको भन्दै सांसदहरुले विरोध जनाएपछि सभामुख घिमिरेले प्रदेशको पहिचान अंकका आधारमा नभई नाममा आधारमा राखेर सच्चाउन सरकारलाई निर्देशन दिएका हुन् ।
सम्बन्धित मन्त्रालयबाट वार्षिकरुपमा सम्पादन हुने कार्यक्रम समावेश हुने पुस्तिकामा प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षण भएको भन्दै यसलाई सच्चाउन उहाले निर्देशन दिए ।
त्यसअघि प्रतिनिधिसभाको मंगलबार नै बसेको पहिलो बैठकमा प्रदेशको नामको स्थानमा अंक राखिएको भन्दै केही सांसदहरुले विरोध जनाएका थिए । त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
संसदको दोश्रो बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धी विनियोजित शीर्षकमाथि छलफल भएको छ ।













प्रतिक्रिया