
काठमाडौं, ५ असार । सत्ता टिकाउने मुख्य उद्देश्यसहित गठन भएको समाजवादी मोर्चा, नेपालमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) समेत संलग्न भएको भन्दै जिल्ला कमिटी काठमाडौंका प्रभावशाली आठ जना नेताहरूले विद्रोह गरेका छन् ।
जिल्ला कमिटी सचिवालय सदस्य राधा कुमारी दाहालसहित आठ जना नेताहरूले नेकपा एसबाट विद्रोह गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरूमा दाहालसहित अखिल नेपाल महिला संघका नेत्रीहरू निर्मला पाठक, लक्ष्मी रेग्मी, मेनुका कुमारी महत, उषाकिरण बस्नेत छन् । यस्तै रञ्जना शर्मा, राजनदेव जोशी र जानुका पन्तले पनि नेकपा एस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरूलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् काठमाडौं जिल्ला कमिटीका इञ्चार्ज आनन्द पोखरेललगायत नेताहरूले पार्टीमा स्वागत गरे ।














प्रतिक्रिया