२८ आश्विन २०८३, बुधबार

दुर्घटना अपडेट : गम्भीर घाइते कानूनमन्त्रीसहित तीन जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियो

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, ५ असार । बझाङमा भएको गाडी दुर्घटनामा परी गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।

दुर्घटनाका घाइते चार जनामध्ये चालकबाहेक अन्य तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा पर्दा उनीहरू गम्भीर घाइते भएका हुन् ।