२८ आश्विन २०८३, बुधबार

कोभिडको महामारीमा पनि नेपाल स्काउटले महत्वपूर्ण भूमिका खेलेको छ : पूर्वराष्ट्रपति भण्डारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गरेकी छिन् ।

मंगलबार नेपाल स्काउटको ७२औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल स्काउटले दक्षिण एशियामा स्काउटमा सबैभन्दा बढी सदस्यता लिन सकेको र अन्तर्राष्ट्रिय स्काउटका कार्यक्रमहरु नेपालमा सञ्चालन गर्नुले पनि स्काउटले राम्रा काम गरिहेको प्रमाणित हुने बताएकी हुन् ।

उनले कोरोना महामारीका बेलामा पनि स्काउटले खेलेको भूमिकाको प्रशंसा गर्दै देशमा आइपर्ने प्राकृतिक एवम् अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरुको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आउनु राम्रो भएको र अझै यसलाई अघि बढाउँदै लैजानुपर्नेमा जोड दिइन् ।

‘कोभिड १९ को महामारीमा पनि नेपाल स्काउटले उल्लेखनीय भूमिका खेलेको छ। नेपाल स्काउटले चिकित्सक परामर्श सेवा, जनचेतना अभियान, आइसोलेशन, क्वारेन्टिन निर्माणका साथै संक्रमितहरुको शवको व्यवस्थापन समेतमा गरेको सहयोगका लागि सम्पूर्ण स्काउटप्रति सम्मान व्यक्त गर्दछु । देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरुको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आएको छ,’ भण्डारीले भनिन् ।

कार्यक्रममा काठमाडौं उपत्यकाभित्रका स्थानीय स्काउट संरक्षकहरू मिठाराम अधिकारी (नगर प्रमुख, बुढानीलकण्ठ नगरपालिका), गजेन्द्र महर्जन (नगर प्रमुख, गोदावरी नगरपालिका), स्थानीय स्काउट प्रमुख बसन्ती श्रेष्ठ (नगर उपप्रमुख, चन्द्रागिरी नगरपालिका), समिता श्रेष्ठ (नगर उपप्रमुख, शंखरापुर नगरपालिका)लगायतको उपस्थिति थियो ।

नेपाल स्काउटले समाजमा व्याप्त जल्दोबल्दो सामाजिक समस्याहरूमा अग्र मोर्चामा उभ्याउँदै महिला हिँसा विरुद्धको अभियान, बालबालिका तथा किशोरीहरूको सशक्तीकरण, लागू औषध दुर्व्यसनी विरुद्धको जनचेतना, विपद् व्यवस्थापनलगायत कार्यमा नेपाल सरकारको आधिकारिक स्वयंसेवी संस्थाको रुपमा स्वयंसेवक परिचालन, युवा सशक्तीकरण गर्ने सशक्त संगठनको रुपमा कार्य गर्दै आइरहेको छ ।