
काठमाडौं, ५ असार । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।
मंगलबार डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा सु प प्र ०१-००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो ।
गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेर मन्त्री सिंह सहित अन्य ४ जना गम्भीर घाइते भएका छन् ।















प्रतिक्रिया