
काठमाडौं, ५ असार । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले बजेट निराशा जनक, पक्षपाती र मनपरी रहेको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठका शहरी विकास मन्त्रालयअन्तर्गतको छलफलमा भाग लिँदै बास्कोटाले बजेटमा प्रशस्त असन्तुलन भेटिने टिप्पणी गरेका हुन् ।
शहरी जनसंख्यालाई सेवा सुविधा दिने भनेर नयाँ पुस्तालाई नारा मात्रै बेचिरहेको उनले बताए ।
‘शहरी विकास मन्त्रालयका उदेश्यमै पनि शहरी जनसंख्यालाई सेवा सुविधा दिने भन्ने छ । तर यसरी सरकारका लक्ष्यहरू परिचालित छन् आफ्नो उदेश्यतर्फ ? हामी जवाफ खोज्दा पछुताउनुपर्ने छ । निराशाजनक छ । र बजेट बिनियोजन पक्षपाति छ, मनपरी छ । असन्तुलन हामी प्रशस्त भेट्न सक्छौँ । एउटा अमूर्त चित्रकला जस्तो । शहरहरू लिएर हामी नयाँ पुस्तालाई नारा बेचिरहेका छौ । नतिजा दिन सकिरहेका छैनौँ,’ उनले भने ।















प्रतिक्रिया