२८ आश्विन २०८३, बुधबार

कालीमाटीमा गोलभेडा घोप्ट्याउनेमाथि छानबिन र कारबाही गरिने

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । हिजो आइतबार कालीमाटीमा गोलभेडा घोप्ट्याएर सरकारको ध्यानाकर्षण गराउनेमाथि छानबिन गरिने भएको छ ।

राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले सो घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ ।

समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनि गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयमा भनिएको छ, ‘यो किसान, उपभोक्ता र व्यवसायीको हितमा छ कि छैन ?, घटना प्रचलित कानुनबमोजिम दण्डनीय हो कि होइन ?’ उक्त घटनामा संलग्नउपर छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सुझाव दिँदै समितिले कानुनबमोजिम सम्बन्धित निकायबाट छानविन गराई प्रतिवेदन पठाइ ती दुवै मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

बैठकले उक्त घटनामा दोषी भए कानुनी कारबाही गरी जानकारी गराउन पनि भनेको छ ।

बजार अभाव र उत्पादन लागतको तुलनामा गोलभेडाको बिक्री मूल्य अत्यन्त न्यून रहेको जनाउँदै किसानको नाममा विचौलिया व्यवसायीले गोलभेडा सडकमा नष्ट गरेको उपभोक्ता पक्षको आरोप छ ।