२८ आश्विन २०८३, बुधबार

मुलुकको छविलाई अन्तर्राष्ट्रियस्तरमा कायम राख्न सांसद पन्तको आग्रह

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्नो राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिएर परराष्ट्र नीति सञ्चालन गर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्रालयलगायत विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदैै सांसद पन्तले सार्वभौम समानता र राष्ट्रिय स्वाधीनतामा आधारित रहेको नेपालको गौरवमय इतिहास र पञ्चशीलको परराष्ट्र नीति भएको मुलुकको छविलाई अन्तर्राष्ट्रियस्तरमा कायम राख्न आग्रह गरेका हुन् ।

उनले नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर विश्व समुदायमा बोल्न पछि पर्न नहुनेमा जोड दिँदै विदेशस्थित नेपालका कूटनीतिक नियोगलाई पुनरावलोकन गरी प्रभावकारीरुपमा सञ्चालन गर्न माग गरे ।