२८ आश्विन २०८३, बुधबार

सरकारलाई माओवादीकै सांसदको प्रश्न– उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बागलुङ र पूर्वी रुकुमको सीमानामा पर्ने उत्तरगङ्गा जलाशययुक्त परियोजनालाई बजेटमा किन नसमेटिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रस्तुत बजेटबाट उत्तरगङ्गा जलाशययुक्त परियोजना हराएकाले यसको खोजी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग अनुरोध गरेका छन् ।

‘सबैभन्दा सस्तो र भरपर्दो परियोजना भनेर विज्ञले भनेका छन् तर बजेटमा कहिले पनि पर्दैन, किन होला माननीय मन्त्री ज्यू ?,’ बागलुङका सांसद पौडेलले प्रश्न गर्दै भने, ‘किन यो आयोजना बजेटमा परिरहेको छैन ?’