
पोखरा, ४ असार । पोखरा महानगरपालिकाले पनि आजबाट भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ ।
महानगरपालिकाले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को संवादलाई लिएर महानगममा प्रदर्शनमा प्रतिबन्ध लगाएको हो ।
महानगका प्रमुख धनराज आचार्यले एक सूचना जारी गर्दै भनेका छन्, ‘दक्षिण भारतीय चलचित्र (फिल्म) ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाईएको ब्योहोरा जानकारी गराईन्छ ।’
















प्रतिक्रिया