
काठमाडौं, ४ असार । स्पेनले पहिलो पटक युइएफए नेसन्स लिगको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा स्पेनले क्रोएसियालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै उपाधि जितेको हो ।
निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
युइएफए नेसन्स लिगको यो तेस्रो संस्करण हो । यसअघि २०१९ मा भएको पहिलो संस्करण पोर्चुगलले जितेको थियो भने २०२१ मा भएको दोस्रो संस्करण फ्रान्सले जितेको थियो ।















प्रतिक्रिया