शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : पूरा मनसुन नभित्रिदै बाढीपहिरोको वितण्डा, बजेट फेल हुँदै !

दैनिक नेपाल २०८० असार ३ गते २३:५१

काठमाडौं, ३ असार । नेपालमा यो वर्षको मनसुन केही ढिलो गरी भित्रिने तरखरमा छ ।

तर, पूर्ण रुपमा मनसुन नभित्रिदै पूर्व नेपालको पाँचथर, संखुवासभा र ताप्लेजुङलगायत जिल्लाहरूमा बाढी र पहिरोको वितण्डा मच्चिन थालिसकेको छ । शनिबार राति परेको भीषण वर्षापछि आएको बाढी र पहिरोमा परेर एकै दिनमा ६ जनाले ज्यान गुमाएका छन् भने २० जना भन्दा बढी मानिस अझै बेपत्ता भइरहेका छन् ।

यस्तै, सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित नहुने खतरा बढ्दै गएको छ । सत्ताधारी दलहरूभित्रैबाट बजेटप्रति असन्तुष्टि व्यक्त हुन थालेपछि सरकारले संशोधनको तयारी गरेको छ । तर, संसदीय परम्परा अनुसार संसदबाटै त्यसको छिनोफानो हुनुपर्नेमा सत्ताधारी शीर्ष नेताहरूले संसदबाहिर बसेर गरेको छलफल र निर्णय मान्य नहुने बताइन थालेको छ ।

बजेट फेल गराउनकै लागि संसदमा खर्च कटौतीको प्रस्ताव समेत पेस भइसकेका छन् । यसबाट सरकारको बजेट घेराबन्दीमा परेको अनुमान गर्न सकिन्छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित