२८ आश्विन २०८३, बुधबार

एमालेले एकैदिन सङ्कलन गर्‍यो २३८ पिन्ट रगत (फोटो फिचर)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । नेकपा एमालेले एकैदिन २३८ पिन्ट रगत सङ्कलन गरेको छ ।

पार्टीको सम्पर्क समन्वय कमिटी, सामाजिक सेवा विभागले हिजो शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको देशव्यापी ‘खुला रक्तदान कार्यक्रम’मार्फत उक्त परिमाणको रगत सङ्कलन गरिएको हो ।

पार्टीका स्थायी कमिटी सदस्य लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ७७ वटै जिल्लाका करिब एक हजार जना नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको र त्यसमध्ये २३८ जना मात्रै रक्तदानका लागि योग्य हुनुभएको सम्पर्क सममन्वय कमिटीका प्रमुख श्यामकुमार बस्नेतले जानकारी दिए । विभिन्न जिल्लाका जिल्ला सम्पर्क मञ्च र मातहतका कमिटीहरूले सक्रिय सहभागिता जनाएको उनको भनाइ छ ।

बढ्दो रगत अभावलाई दृष्टिगत गरी कोही पनि बिरामीले रगतको अभावमा अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ पार्टीले रक्तदान कार्यक्रम आयोजना गरेको उनले बताए । उनका अनुसार यसअघि पनि पार्टीका विभिन्न इकाइहरूले विभिन्न समयमा नियमितजसो रक्तदान कार्यक्रम आयोजना गर्दै आएका थिए । यसपटक एकैठाउँ धेरै मानिसको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।

यद्यपि, विभिन्न जिल्ला र जिल्ला सम्पर्क मञ्चहरूले आफ्नो नियमित कार्यक्रम गरिरहेकाले उपस्थिति कम हुनाका साथै रगत सङ्कलन पनि कम भएको प्रमुख बस्नेतको भनाइ छ । ‘जिल्लाका साथीहरूले आफ्नो क्यालेण्डरअनुसार धेरैल यो प्रकृतिको कार्यक्रम गरिसक्नुभएको अवस्थामा आजको उपस्थिति केही कम हो,’ प्रमुख बस्नेतले भने, ‘धेरैजसो साथीहरूले आकस्मिक रुपमा दान गरिसक्नुभएकाले यहाँ उपस्थिति मात्रै रहेको छ । कति साथीहरूले अपर्झट आइपर्ने सम्भावित समस्याको समाधानका निम्ति रक्तदान गर्नुभएको छैन ।’

कार्यक्रममा सहभागी भएर रक्तदान गर्नेहरूलाई पार्टीका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितद्वारा प्रमाणपत्र प्रदान गरिएको थियो ।

तस्वीर सौजन्य : दोलखा–काठमाडौं सम्पर्क मञ्च