२८ आश्विन २०८३, बुधबार

ट्राफिक सचेतता कक्षा भक्तपुर र ललितपुरमा पनि सुरू

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । काठमाडौँ उपत्यकाका थप दुई जिल्लामा पनि ट्राफिक सचेतता कक्षा सुरू गरिएको छ ।

भक्तपुरको चुनदेवीस्थित ट्राफिक प्रहरी परिसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले र प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ललितपुरको सातदोबाटोस्थित ट्राफिक प्रहरी परिसरमा आज एक कार्यक्रम बीच सचेतता कक्षाको समुद्घाटन गरे ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मात्र हुँदै आएको सचेतता कक्षा सेवाग्राहीको सुविधालाई मध्यनजर गरी आइतबारदेखि ललितपुर र भक्तपुर जिल्लामा पनि सुरु गरिएको प्रवक्ता भट्टले जानकारी दिए ।

तीव्र गतिमा सवारी चलाउँदा र रातो बत्ती तथा सडक लेन उल्लङ्घन गरेको कसुरमा ललितपुर र भक्तपुर जिल्लामा कारबाहीमा परेका चालकले सम्बन्धित जिल्लामै सचेतता कक्षा लिनुपर्ने छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरमा मदिरा सेवन गरि सवारी साधन चलाउँदा कारबाहीमा परेका चालकले भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमै आएर सचेतता कक्षा लिनु पर्ने छ ।