
काठमाडौं, ३ असार । नेकपा एमालेले अविरल वर्षाका कारण बाढीपहिरोले संखुवासभा, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज आइतबार विज्ञप्ति जारी गरी घटनाप्रति दु:ख व्यक्त गर्दै बाढीपहिरोबाट जीवन गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनमा एमालेले गहिरो समवेदना व्यक्त गरेको हो ।
बाढी पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, उपचार, जीवन रक्षा र राहत उपलब्ध गराउन एमालेले सरकारसँग जोडदार माग गरेको छ ।
साथै, एमालेले प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार कार्यमा खटिन सम्बन्धित जिल्ला र पालिकाका पार्टीका कार्यकर्तालाई निर्देशन दिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टले जानकारी दिए ।
हेर्नुहोस् विज्ञप्ति–














प्रतिक्रिया