
काठमाडौं, ३ असार । नेकपा एमालेसम्बद्ध विद्यार्थीहरूको संगठन अलिख नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले देशभरका हलहरूबाट भारतीय चलचित्र ‘आदिपुरुष’ हटाउने चेतावनी दिएको छ ।
नेपालका विवादित बनिरहेको चलचित्र र त्यससँग सम्बन्धित रहेर भारतीयहरूले नेपालविरुद्ध दिइरहेको अभिव्यक्तिप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै अनेरास्ववियुले हलहरूबाट आफैले चलचित्र उतार्ने चेतावनी दिएको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले आज आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारी तबरबाट कुनै कदम नचले अनेरास्ववियु सबै हलहरुबाट यो चलचित्रको प्रर्दशनको तालिका हटाउन बाध्य हुनेछ ।’ आगामी दिनमा प्रदर्शन हुने हिन्दी सिनेमाहरूको एक महिना पहिले नै सेन्सर पासको प्रावधान ल्याउन अनेरास्ववियुले सरकारसमक्ष माग गरेको छ ।
हाम्रो गौरवशाली देश नेपाल इतिहासमा कुनै पनि साम्राज्यको अधीनमा नरहेको बताउँदै अनेरास्ववियुले देशको उत्पत्तिदेखि आजसम्म स्वतन्त्र रहेको संसारमा एउटा मात्रै देश नेपाल भएको स्पष्ट गरेको छ । चलचित्र आदिपुरुषका सम्वाद लेखक मनोज मुन्तासरले नेपालप्रति दिएको अभिव्यक्ति अक्षम्य र नेपालको राष्ट्रिय स्वाधीनताको विरुद्धमा रहेको निष्कर्ष अनेरास्ववियुले निकालेको छ ।
‘दक्षिण भारतीय चलचित्र आदिपुरुषको सम्वादप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भई उक्त चलचित्रको विवादित दृश्य सम्पादन भएपश्चात मात्र प्रर्दशन गर्न भनि अनेरास्ववियुले तत्कालको प्रदर्शन रोकेको थियो तर चलचित्रका सम्वाद लेखक मनोज मुन्तासरले नेपालप्रति दिएको अभिव्यक्ति अक्षम्य र नेपालको राष्ट्रिय स्वाधीनताको विरुद्धमा रहेको अनेरास्ववियुको निष्कर्ष छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली देश नेपाल इतिहासमा कुनै पनि साम्राज्यको अधीनमा रहेन । देशको उत्पत्तिदेखि आज सम्म स्वतन्त्र रहेको संसारमा एउटा मात्रै देश हो नेपाल । सन् १९४७ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको भारतले १९०३ मा नेपाल भारतकै अंग रहेको भन्नु भ्रम र भद्दा मजाक मात्रै हो ।’
हेर्नुहोस् विज्ञप्ति–














प्रतिक्रिया