२९ आश्विन २०८३, बिहिबार

माधव नेपाललाई आफ्नै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले दिए यस्तो चुनौती

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई आफ्नै पार्टीका उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले सार्वजनिक रुपमै कडा चेतावनीसहितको चुनौती दिएका छन् ।

उपाध्यक्ष पाण्डेले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट यथास्थितिमा पारित गर्न नदिने बताउँदै मधव नेपाल एक्लैलाई समर्थको मत दिन चुनौती दिएका हुन् ।

आज गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा उपाध्यक्ष पाण्डेले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरू त्यसमा समर्थन गर्न नसक्ने बताएका हुन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने उनको भनाइ छ । ‘यही अवस्थामा यो बजेट पास हुँदैन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौं भनेको छु ।’