२८ आश्विन २०८३, बुधबार

एमाले फर्किने तयारीमा रहेका बामदेवले केपी ओलीलाई भेटेर के भने ?

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । नेकपा एमालेमै फर्किने ईच्छा व्यक्त गरिरहेका नेकपा एकता राष्ट्रिय अभियानका नेता बामदेव गौतमले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

ओलीलाई भेट्न च्यासलस्थित एमालेको मुख्यालय पुगेका गौतमले आफूसहित आफू नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नै एमालेमा समाहित गर्नेबारे ओलीसँग छलफल गरेको बताइएको छ ।

‘म पहिल्यै एमालेमा आएर सक्रिय हुन खोजेको हो, तर साथीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा कुरा मिलिसकेको छैन,’ अध्यक्ष ओलीसँगको भेटपछि गौतमले भने, ‘अहिले चुनौतीको बेला छ, आगामी चुनावमा ६० लाख भोट कटाउने गरी काम गर्नुपर्छ । म पार्टीमा सलाम गर्न, सलाम खाएर बस्न आउने होइन, खटेर काम गर्न आउने हो ।’

भेटमा अध्यक्ष ओलीले गौतमलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरेका छन् । गौतम एमालेमा फर्किने निश्चित भए पनि जिम्मेवारीको विषयमा भने कुनै छलफल नभएको बताइएको छ ।

गौतमले आफू बिहान उठेदेखि राति नसुतेसम्म काम गर्न पाउने गरी जिम्मेवारी पाउनुपर्ने आफ्नो माग रहेको र सबै व्यवस्थापन भएपछि मात्रै एमालेमा आउने स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले पार्टीभित्र सल्लाह गरेर गौतमको जिम्मेवारीबारे निर्णय लिने बताएका छन् ।

एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतम एमालेमा फर्किन इच्छुक देखिएका हुन् ।