२९ आश्विन २०८३, बिहिबार

किसानले कालीमाटीमा घोप्ट्याए गोलभेडा, एक्साभेटर लगाएर उठाइयो

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । स्वदेशी गोलभेडाले बजारमा उचित भाउ नपाएको भन्दै किसानहरुले ठूलो मात्रामा गोलभेडा फ्याकेर विरोध जनाएका छन् ।

भारतबाट ल्याएको गोलभेडा महङ्गोमा बिक्रीबितरण हुँदा स्वदेशी उत्पादनले भने उचित भाउ नपाएको भन्दै किसानहरुले आज आइतबार कालिमाटीमा गोलभेडा फ्याँकेर विरोध जनाएका हुन् ।

किसानले भारतीय गोलभेडाको भाउ ४० देखि ५० रुपैयाँ प्रतिकिलो हुँदा स्वदेशी गोलभेडा ५ रुपैयाँमा पनि बिक्री हुन नसकेको गुनासो गरेका छन् । सहकारीबाट महङ्गो व्याजमा पैसा लिएर किसानी गरे पनि उत्पादनले उचित बजार भाउ पाउन नसक्दा मर्कामा परेको धादिङका किसान कृष्णबहादुर चेपाङले गुसानो गरे ।

उनले वास्तविक किसानहरुलाई दिने भनेको अनुदान पनि पाउन नसकेको बताए । कालिमाटी बजारमा ठूलो मात्रामा गोलभेडा फ्याँकिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले स्काभेटर लगाएर पन्छाएको थियो ।