
काठमाडौं, ३ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेल आजदेखि जिम्बावेमा हुँदैछ । उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपाल र जिम्बावेबीच आज प्रतिस्पर्धा हुन लागेको छ ।
नेपाल र जिम्बावेबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बावेको हरारे स्पोर्ट्स क्लब सुरु हुनेछ । समूह ‘ए’ मा नेपाल, जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् ।
नेपालले दोस्रो खेल असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
१० टोली सहभागि छनोट खेलको समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ ।
छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।
फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।















प्रतिक्रिया