शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्री पुगे मेलम्ची, समाजवादी मोर्चामा एमालेको अरूची

दैनिक नेपाल २०८० असार २ गते २३:१७

काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको बताएका छन् ।

आज शनिबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले अहिले समाजवादी मोर्चाको कुनै औचित्य नभएको भन्दै एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मोर्चाको चर्चा भइरहेको बताएका हुन् ।

गठबन्धनले नपुगेर समाजवादी मोर्चा बनाउन लागिएको र यसमा एमालेको कुनै रुची नभएको धारणा ओलीको छ । अध्यक्ष ओलीले अहिले केही दलले जनतालाई भड्काउने र राजनीतिक वितृष्णातर्फ अघि बढाउने काम गरिरहेको भन्दै यसले कसैलाई पनि फाइदा नपुग्ने उल्लेख गरे ।
हेरौँ शनिबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित