२८ आश्विन २०८३, बुधबार

‘कांग्रेसमा पुँजीपति दलालहरूको बाहुल्यता बढेपछि राष्ट्रवादी एमाले रोजेँ’

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । नेपाली कांग्रेसमा रहेर तीन दशक लामो राजनीतिक यात्रा गरेका काठमाडौं निवासी केदार मानन्धर आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसभित्र पुँजीपति र दलालहरूको बाहुल्यता बढेपछि आफूले सो पार्टी परित्याग गरेको र राष्ट्रवादी पार्टी नेकपा एमाले रोजेको उनले बताएका छन् ।

एमालेको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेशपछि उनले भने, ‘नेपाली कांग्रेसमा पुँजीपति र दलालहरूको बर्चश्व दिन प्रतिदित बढिरहेको छ । लोकतान्त्रिक पार्टी भने पनि अलोकतान्त्रिक आचारण प्रदर्शन गरिरहन्छ । त्यसैले त्यो पार्टीमा रहिहन सकिन र छोडेँ,’ उनले भने ।

३५ वर्ष लामो ऊर्जावान समय देशमा राजनीतिक परिवर्तनका लागि लगाएको बताउँदै मानन्धरले देश बनाउने राष्ट्रवादी पार्टी नेकपा एमाले हो भन्ने निष्कर्षका साथ आफू एमाले प्रवेश गरेको बताएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा र पार्टीको गन्तव्यका रूपमा अगाडि सारेको कुराले आफूलाई छोएको मानन्धरको भनाइ छ । अहिले देश दलाल पुँजीपतिहरूले खत्तम बनाइरहेको बताउँदै नेता मानन्धरले कांग्रेसमा रहँदा आफूले धेरै युवालाई प्रशिक्षित गरेको र छिट्टै ठूलो समूह एमालेमा भित्र्याउने दाबी समेत गरेका छन् ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएर पनि व्यवहार अत्यन्त अलोकतान्त्रिक भएको, पार्टी एउटा क्लवमा परिणत भएको र अहिलेका नेताहरूले वीपी, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको आदर्श भजाएर खाइरहेको उनको आरोप छ ।

कार्यक्रममा उनकी धर्मपत्नी र छोरालाई पनि खादा लगाई स्वागत गरिएको थियो ।