२८ आश्विन २०८३, बुधबार

जनयुद्धको परिवेश समेटिएको उपन्यास ‘पीपला’ सार्वजनिक

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । पत्रकार एवम् साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ ।

आज शनिबार मलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा इन्डिगो इन्कद्वारा आयोजित कार्यक्रममा उपन्यास ‘पीपला’ सार्वजनिक गरिएको हो ।

इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासलाई साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमाले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

लेखकले उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेटेका छन् ।