२८ आश्विन २०८३, बुधबार

कांग्रेसका महासमिति सदस्य मानन्धर एमालेमा प्रवेश

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । नेपाली कांग्रेसका महासमिति सदस्य केदार मानन्धर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज शनिबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतले नेता मानन्धरलाई एमालेमा स्वागत गरे ।

मानन्धरले करिब ३० वर्षदेखि कांग्रेसको राजनीतिमा थिए ।

मानन्धरको ठूलो टीम केही समयमै एमालेमा प्रवेश गर्ने बताइएको छ ।