२८ आश्विन २०८३, बुधबार

पार्टीमा ७० वर्षे उमेरहद हटाइएकोबारे के भन्छन् अध्यक्ष ओली ? (भिडिओ)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ७० वर्षको उमेरहद उपयुक्त नभएको र यसका कारण प्रगति गर्न पनि अप्ठेरो भएको बताएका छन् ।

आज शनिबार ललितपुरमा अखिल नेपाल महिला संघ बागमती प्रदेश प्रथम सम्मेलन उद्घाटन गर्दै ओलीले संसारमा कहिँ नभएको ७० वर्षे प्रावधानले पार्टीलाई नै अघि बढाउन समस्या भएको र उपयुक्त नभएकाले हटाउने निर्णय गर्नुपरेको बताएका हुन् ।

उनले ७० वर्षको उमेरहदका विषयमा असन्तुष्टि जनाउनु राजनीतिक कुरा नभएको भन्दै पार्टी नेतृत्वमा आउन मन लागे आगामी महाधिवशेनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत पदमा चुनाव लड्न पार्टी नेताहरुलाई सुझाव दिए ।

अध्यक्ष ओलीले ७० वर्षको उमेरहदका कारण धेरै नेताहरु हच्चिएको र राजनीति नै छोडनुपर्ने स्थिति देखा परेको जिकिर गर्दै एमालेलाई एकतावद्ध गर्न र एमालेमा प्रवेश गर्न चाहनेहरुलाई बाटो खुल्ला गर्न पनि उमेरहदलाई हटाउनै पर्ने देखिएको स्पष्ट पारे ।

ओलीले अनावश्यक विषयमा नअल्झन पार्टीका नेताहरुलाई आग्रह गर्दै देश बनाउने काममा एमालेलाई बलियो बनाउनका लागि एकजुट हुन सुझाव दिए ।