
सिन्धुपाल्चोक, २ असार । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरू गर्ने तयारी सरकारले गरिरहेको बताएका छन् ।
आज शनिबार सिन्धुपाल्चोककमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले डाइलासिस गर्न राजधानी जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारका साथै जनशक्तिको व्यवस्था गर्ने बताएका हुन् ।
उनले सामान्य अप्रेसनका लागि पनि काठमाडौं जानुपर्ने अवस्थालाई अन्त्य गर्न सबै जिल्ला अस्पताललाई सुविधासम्पन्न गराइने जानकारी दिए ।
चौतारा अस्पतालमा आवश्यक सेवा सञ्चालनका लागि पनि आफूले पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
मन्त्री बस्नेतललाई स्थानीय प्रतिधिहरूले जिल्लामा रहेका स्वास्थ्यसम्बन्धी समस्यामा बारेमा अवगत गराएका थिए ।













प्रतिक्रिया