३ कार्तिक २०८३, मंगलबार

 विना स्वीकृति नेपाली भूभागमा आएर सडकको लेबल जाँच गरिरहेका भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी नियन्त्रणमा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २ असार । विना स्वीकृति नेपाली भूभागमा आएर सडकको लेबल जाँच गरिरहेको अवस्थामा कञ्चनपुरको महेन्द्रनगरबाट भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रमा जमिन नाप जाँच गरिरहेका भारतीय रिद्धिसिद्धि कन्सलटेन्सीका पाँच जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘भारततर्फ सडक बनिरहेकाले यहाँ आएर जमिनको लेबल जाँच गर्न आएको भन्नेछ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले भने, ‘त्यसका लागि उनीहरू विना अनुमति आएको बुझियो । पक्राउ परेका पाँच जनालाई जिल्ला प्रशासन लगिएको छ ।’

जमिन नापजाँचका सामग्रीसहित लिएर आएका उनीहरूलाई स्थानीयवासीले जमिन जाँच गरिरहेको देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए ।