२८ आश्विन २०८३, बुधबार

सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड ५९ लाख

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

आज शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक वर्षका लागि २९ बढिको बजेट प्रस्तुत गरेका हुन् ।

उनले चालु खर्चतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार र पुँजीगत खर्चतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार विनियोजन गरेको बताए ।

त्यस्तै, अन्तर सरकारी वित्त हस्तान्तरण अन्तरगत २ अर्ब ३४ करोड ७५ लाख ७० हजार र वित्तिय व्यवस्थातर्फ ३० करोड हुनेगरी विनियोजन गरेको उनको भनाइ छ ।

खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट एक अर्ब ५० करोड, ९ अर्ब ४१ करोड, संघीय सरकारबाट राजश्व बाँडफाँड भएर प्राप्त हुने ६ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदान ८ अर्ब ५२ करोड रहेको सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री शाहीले जानकारी दिए ।

त्यस्तै, चालु आर्थिक वर्षको विनियोजनबाट ३ अर्ब ८६ करोड ६७ लाख बचत हुने अनुमान गरिएको मन्त्री शाहीले बताए ।