२८ आश्विन २०८३, बुधबार

१११ देशमा पुष्टि भइसकेको मंकीपक्स भाइरस नेपालमा पनि भेटियो

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । नेपालमा पनि मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण पुष्टि भएको हो ।

नेपालमा पहिलो पटक पुष्टि भएको एमपक्स संक्रमण विश्वका १११ देशमा पुष्टि भइसकेको छ ।

यो रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।